PHILATAIPEI 2026 हुलाक टिकट प्रदर्शनीका लागि नेपालको राष्ट्रिय आयुक्तका रूपमा नियुक्त
श्री दिनेश राज मास्केज्यूले विशेष पारिवारिक कारणवश उक्त जिम्मेवारीबाट राजीनामा दिनुभएको व्यहोरा जानकारी गराइन्छ। उहाँको राजीनामा स्वीकृत भई पद रिक्त हुन आएपछि, प्रदर्शनीको तयारी तथा सम्बन्धित कार्यहरूमा पर्न सक्ने प्रभावलाई समेत मध्यनजर गर्दै समय अत्यन्त सीमित रहेको अवस्थामा नयाँ राष्ट्रिय आयुक्त चयनका लागि सोसाइटीका इच्छुक कार्यसमिति सदस्य तथा सल्लाहकारज्यूहरूबाट आवेदन आह्वान गरिएको थियो।

उक्त आह्वानबमोजिम प्राप्त आवेदनहरूमध्ये श्री श्याम प्रसाद प्रधानज्यूको मात्र आवेदन प्राप्त हुन आएकाले, सोसाइटीको निर्णयअनुसार उहाँलाई PHILATAIPEI 2026 का लागि नेपालको राष्ट्रिय आयुक्त (National Commissioner) नियुक्त गरिएको व्यहोरा सम्पूर्ण सदस्य महानुभावहरूमा जानकारी गराइन्छ।

नवनियुक्त राष्ट्रिय आयुक्तज्यूलाई नयाँ जिम्मेवारीका लागि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, उक्त प्रदर्शनीमा नेपालको प्रभावकारी र गरिमामय प्रतिनिधित्वमा उहाँको योगदान महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दछौं।

 

 

दिपेन्द्र रत्न शाक्य
महासचिव
नेपाल फिलाटेलिक सोसाइटी

Scroll to Top