हुलाक सेवा विभागले विश्व हुलाक दिवस तथा संयुक्त राष्ट्रसङ्घीय हुलाक संघ (UPU) को १५२औं वार्षिकोत्सवका अवसरमा २०८३ असोज २३ गते बबरमहलस्थित विभागको प्राङ्गणमा फिलाटेलिक प्रदर्शनी आयोजना गर्ने व्यहोरा जानकारी गराइन्छ।
उक्त प्रदर्शनीमा UPU सम्बन्धित सामग्री तथा उत्कृष्ट फिलाटेलिक संग्रह प्रस्तुत गर्न इच्छुक नेपाल फिलाटेलिक सोसाइटीका सदस्य तथा नयाँ सहभागीहरूलाई सहभागिताका लागि हार्दिक आह्वान गरिन्छ। नयाँ तथा यसअघि प्रदर्शनीमा समावेश नभएका संग्रहलाई प्राथमिकता दिइनेछ।
प्रदर्शनीका लागि करिब १५–१८ वटा फ्रेम मात्र उपलब्ध रहेकाले First Come, First Served का आधारमा फ्रेम उपलब्ध गराइनेछ।
कार्यक्रम विवरण
-
कार्यक्रम: विश्व हुलाक दिवस तथा UPU को १५२औँ वार्षिकोत्सव
-
मिति: २०८३ असोज २३ गते
-
समय: बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्म
-
स्थान: हुलाक सेवा विभागको प्राङ्गण, बबरमहल, काठमाडौं
-
खाना: सहभागीहरूका लागि खानाको व्यवस्था गरिएको छ।
सहभागिता जनाउने अन्तिम मिति
२०८३ असोज १६ गते बिहान ११:०० बजेसम्म
सहभागी हुन इच्छुक महानुभावहरूले सहभागिता फाराम (Participation Form) मा आफ्नो नाम, सङ्ग्रहको शीर्षक तथा आवश्यक फ्रेम सङ्ख्या उल्लेख गरी कार्यक्रम संयोजक श्री किशोर शर्माज्यूलाई भाइबर नम्बर ९८५१०७०९९९ मा पठाई आफ्नो सहभागिता सुनिश्चित गर्नुहुन अनुरोध छ ।